|

काठमाडौं : पत्रकार सरोजराज अधिकारीको उपन्यास 'धम्बोझी'  सार्वजनिक भएको छ।  करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीको यो चौथो पुस्तक हो।

यसअघि उनको गैर आख्यानतर्फ  'जासुसीको जालो: विदेशी गुप्तचरको नेपाल चलखेल' र 'चक्रब्यूहमा चन्द्रसूर्य : राष्ट्रिय सुरक्षा र स्वाधीनताका चुनौती' नामक खोजमूलक पुस्तक प्रकाशन भएको थियो भने आख्यानतर्फ 'रूपबजारकी नोरा' कथा संग्रह प्रकाशन थियो। 

मधेश राजनीति र पछिल्लो मधेश आन्दोलनको आरोह–अवरोहमाथि लेखिएको धम्बोझी उपन्यासमा आञ्चलिक परिवेश र अवधी भाषिकाको प्रयोगसहितको संवादले देहातको मिठासपूर्ण भाव सञ्चार गरेको छ। नेपालगञ्ज, बाँकेको सेरोफेरोको 'प्लट'मा लेखिएको उपन्यासले मधेशमा राजनीतिक अधिकारको लागि भएको लामो संघर्ष र धोकाधडीलाई आफ्नो विषयवस्तु बनाएको छ। 

सांग्रिला बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ३५८ रहेको छ।  

धम्बोजी प्रकाशनको अवसर पारेर सांग्रिला बुक्सले आफ्नो प्रकाशन र अन्य  करिब तीन सय पुस्तक सिन्धुलीको झाँगाझोली, रातामाटास्थित श्री प्रगतिशील माविलाई उपलब्ध गराएको छ। लेखकले पुस्तक विमोचन कार्यक्रम नगरिकनै बजारमा पठाउन भनेका कारण विमोचनमा हुने अनुमानित खर्च बराबरको पुस्तक सामुदायिक विद्यालयलाई उपलब्ध गराएकाे पब्लिकेसनका निर्देशक मणि शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.