|

काठमाडौं : भारतीय सरकारले ५०० र १००० रुपैयाँका नोट बन्देज लगाएसँगै नेपालीसँग भएका नोट के हुन्छ भन्नेमा सबै अन्योलमा रहेका छन्।  

नेपाल राष्ट्र बैंकले नेपालीहरुसँग भएको ५०० र १००० रुपैयाँको नोटको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा बुधबार बिहानै विज्ञसहितको व्यवस्थापन समितिको बैठकले पनि के गर्ने भन्ने सम्बन्धमा ठोस निर्णय लिन सकेन।

राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले नेपालीसँग भएको भारु नोट साट्नको लागि भारतीय केन्द्रिय बैंक रिजर्भ बैंकलाई आग्रह गर्दै पत्र काट्ने निर्णय गरेको छ। भारतीय केन्द्रिय बैंकको जवाफ पछिमात्रै नेपाल राष्ट्र बैंकले नेपालीसँग भएको ५०० र १००० को भारु कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय गर्ने जनाएको छ।

'हामीले रिजर्भ बैंकका गभर्नर तथा उप-गभर्नरसँग फोनमा छलफल गरेका थियौ, उहाँहरुले लिखित पत्र पठाउनको लागि आग्रह गर्नु भएको छ, हामीले पठाएको पत्रको के जवाफ आउँछ, सोही अनुसार अगाडि बढ्नेछौं', नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले थाहाखबरलाई बताए।

रिजर्भ बैंकले राष्ट्र बैंकले साटेको पैसा उठाउने भयो भने कुन सर्तमा उठाउँछ र त्यसै आधारमा सर्वसधारणसँगबाट पैसा संकलन गर्ने राष्ट्र बैंकले जनाएको छ। 'रिजर्भ बैंकले हामीसँगको पैसा लाने भयो भने कुन अवधारणा बनाएर हामीले सर्वसाधरणको पैसा उठाउन कति दिनको समय दिने भन्ने विषयमा निर्णय गर्ने छौं'', निर्देशक पण्डितले भने।

यस्तै, निर्देशक पण्डितले सबै बैंकहरूलाई आफूसँग भएको रकमबारे तुरुन्त जानकारी दिन आग्रह गरेका छन्। तर, राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकको पत्र नआएसम्म संकलन भने नगर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार:

५०० र १००० भारु प्रतिवन्धको असर नेपालमा: कसरी गरिदै छ व्यवस्थापन?

भारतमा ५ सय र १ हजारको नोटमा प्रतिबन्ध, सीमा पारीबाट नक्कली नोटको धन्दा चलाएको मोदीको आरोप 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.