|

खोटाङ : खोटाङको रावाबेंसी गाउँपालिकाको कुभिण्डेमा आयोजना गरिएको तीन दिने निःशुल्क दन्त शिविरमा ३८८ जना दाँतका रोगीको उपचार गरिएको छ। गाउँपालिकाको व्यवस्थापन तथा पूर्वाञ्चल डेण्टल हस्पिटल प्रालि विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरको दोस्रो दिन बुधबारसम्ममा ३८८ जनाको उपचार गरिएको हो।

गाउँपालिकालाई थोते दाँतमुक्त गाँउपालिका बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा नयाँ दाँत लगाउने, दाँतको उपचार गराउने, परीक्षण गराउने र औषधि लिनेको भीड लागेको रावाबेशी गाँउपालिकाका प्रमुख लिला निरौलाले बताए। पालिका प्रमुख निरौलाले भने ‘आर्थिक अभाव र यातायात असुविधाका कारण उपचार गराउन नपाएका दन्त रोगीको आफ्नै ठाउँमा उपचार पाएपछि सेवाग्राहीको भीड लागेको छ।’

शिविरमा नयाँ दाँत लगाउने, उपचार गराउने, परीक्षण गराउने र औषधि लिनेको भीड लागेको व्यवस्थापन समितिले जनाएको छ। एम्डीएच् मीरा आचार्यको नेतत्वमा आएको नौं जनाको चिकित्सक टोलीले मंगलबार ४७ र बुधबार ७७ जना थोते वृद्धवृद्धालाई नयाँ दाँत लगाइएको छ।

कुभिण्डेको रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविर प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार उद्घाटन गरेका थिए। शिविरमा आउने सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै बिहिबार सम्पन्न हुनुपर्ने शिविर थप एक दिन सञ्चालन गर्ने तयारी गरिएको गाँउपालिका प्रमुख निरौलाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.