|

कलकत्ता, (भारत) : ग्रामिण पर्यटन प्रर्वद्धनका लागि छिमेकी राष्ट्र भारतको पश्चिम बंगालकस्थित कलकत्तामा तीन दिने ‘हिमालयन सुन्तला महोत्सव’ शुक्रबारदेखि सुुरु भएको छ।
 

सन् २०१४ देखि कलकत्तामा सुरु भएको यस महोत्सवमा नेपाल, भारत, भुटान र बर्मामा उत्पादित सुन्तला प्रर्दशनमा राखिएको छ।
सुन्तला महोत्वसको आयोजना दार्जिलिङस्थित ‘एसोसिएसन फर कन्जरर्भेसन एण्ड टुरिजम’ले गरेको हो। महोत्वसको उद्घाटन पश्चिम बंगाल सरकारका पर्यटनमन्त्री गौतम देव र नेपालका महावाणिज्य दूत एकनारायण अर्यालले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै नेपालका महावाणिज्य दूत एकनारायण अर्यालले नेपाली सुन्तलाको  माग भारतमा बढी भए पनि विविध कारणले निर्यात हुन नसकेको बताउँदै नेपाली सुन्तला प्रवद्र्धनका लागि यस महोत्सव कोसेढुंगा सावित हुने बताए। ‘सुन्तला मात्र नभएर नेपालको अलैँची, चिया तथा ग्रामिण पर्यटनलाई भारतमा तीव्र प्रचार\प्रसार आवश्यक छ’, उनले भने।

ग्रामिण पर्यटनलाई प्रर्वद्धन गर्न उदेश्यले प्रत्येक दुई\दुई वर्षमा पश्चिम बंगालको राजधानीमा यस महोत्वसको आयोजना गर्दै आइरहेको एसोसिएसन फर कन्जरर्भेजन एण्ड टुरिजमका कन्भेनर राज बासुले जानकारी दिए। 
उनका अनुसार पहाडी क्षेत्रमा उत्पादित सुन्तलालगायत कृषिजन्य सामग्रीको बजार विस्तारका लागि पश्चिम बंगाल नै मुख्य बजार मानिएको छ।
 
ग्रामीण पर्यटनको जगेर्नासँगै महोत्वसमा राखिएको सुन्तला तथा अन्य घरेलु उत्पादित सामग्री प्रर्दशन गरिएको हुँदा यसले छिमेकी राष्ट्रसँग हुने व्यापार, व्यवसायीलाई टेवा पुग्ने कन्भनेर बासुले बताए। तीन दिने महोत्वसमा दुई लाख बढी पर्यटन भित्रने लक्ष्य राखिएको उनको भनाइ छ। भारतको दार्जिलिङ सिक्किम, मणिपुर, त्रिपूरा र अरुणाञ्चलमा सुन्तला उत्पादन हुँदै आए पनि भारतमा माग उच्च रहेकोले नेपाल, भुटान र बर्मालाई पनि समेट्न खोजिएको उनले बताए। 

नेपाली सुन्तला कलकत्तामा प्रर्दशन 

सुन्तला प्रर्दशनी महोत्सवले कलकत्ताका पर्यटकलाई नेपालमा भित्र्याउन सहज हुने नेपाली व्यवसायीको दावी छ। महोत्सवमा नेपाल, भारत, भुटान र बर्माका गरी पाँच सयभन्दा बढीले सहभागिता जनाएका छन्। दुई दर्जन बढी स्टल राखिएको महोत्वसमा नेपालको तर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, धनकुटा, तेह्रथुम र संखुवासभाको सुन्तला प्रर्दशनमा राखिएको ग्रामीण पर्यटन प्रबद्र्धनका क्षेत्रमा काम गर्दै आएका अर्जुन कार्कीले बताए।

 सुन्तला महोत्सवबाट नेपालको पर्यटन प्रवद्र्धनमा निकै फाइदा पुग्ने ग्रिन जेनेरेसन झापाका अध्यक्षसमेत रहेका कार्कीले बताए। उनका अनुसार उत्पादन घटेका कारण यसपटक नेपालबाट १० हजार दाना मात्र सुन्तला लगिएको छ। सुन्तलासँगै छुर्पी, अलैँचीलगायत कृषि उपजका सामान तथा ढाकाका उत्पादसमेत प्रदर्शनमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.