|

सुनसरी : सुनसरीको कोशी गाउपालिका ७ स्थित मुसहरीमा डकैटी गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। 

आइतबार राति १० बजे ५–६ जनाको समुहमा आएका व्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछी प्रहरीले जवाफी फायरिङ गरेको थियो।  सो क्रममा अन्दाजी ३०–३५ बर्षका एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए। अन्य व्यक्तिहरु भने भारतीय सिमाना तर्फ भागेको फुँयालको भनाइ छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.