|

बैतडी : आफ्नै नातीले दाउराको चिर्पटले हानेर हजुरबा र हजुरआमाको हत्या गरेका छन्। सुर्नया गाउँपालिका ७ पत्थरकोटमा २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षीय हजुरबा गगन कुँवर र ७६ वर्षीया हजुरआमा नारु कुँवरकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

लोकेन्द्र शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा घरमै हजुरबा र हजुरआमाको दुबैकाे हत्या गरेको हो। लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.