|

कञ्चनपुर  : कञ्चपुरको बेदकोट नगरपालीकाको लालपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको शव स्टेशनमा शुरक्षा गार्डका रुपमा कार्यरत अन्दाजी ४५ वर्षीय चन्द्रदेव भट्टको रहस्यमय तरिकाले करेन्ट लागेर मृत्य भएको छ। शव स्टेशनको ३३ केभिए लाइनको ट्रान्सफर्मरमा करेन्ट लागेर भट्टको मृत्यु भएको हो आइतबार बिहान मात्रै भट्ट ट्रान्सफर्मरमा करेन्ट लागेर मरेको देखेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका हुन्। भीमदत्तनगरपालीका १९ बागफाँटाका बासिन्दा भट्ट शुरक्षा गार्डका रुपमा आठ वर्षदेखि कार्यरत रहेका थिए।

शनिबार राती डयुटीमा रहेका भट्ट ट्रान्सफरमरमा परेर करेन्ट लागेर मृत्यु भएपछि उनका आफन्तले हत्या गरेर फालेको भन्दै प्राधिकरणका शव स्टेशन कार्यालयमा तोडफोड गरेका छन्। प्राधिकरणका कर्मचारी कमल सिंह बडुमाथिसमेत कुटपिट गरिएको छ। स्थानिय बासिन्दा र आफन्तले शव उठाउन दिएका छैनन्। सत्यतथ्य छानविनको माग गर्दै  पूर्व-पश्चिम राजर्माग अवरुद्ध गरेका छन्। प्रहरीले सोधपुछका लागि चारजना कर्मचारीलाई नियन्त्रणमा लिएका छन। शव स्टेशनको ट्रान्सफर्मरमा रहेको भट्टको शव आफन्त र स्थानिय बासिन्दाले उठाउन नदिएपछि जिल्ला भरीको विद्युत सेवा समेत अबरुद्ध रहेको छ।

ट्रान्सफर्मरमा करेन्ट लागेर मृत्यु भई जलेको अबस्थामा फेला परेका भट्टको करेन्ट लागेर मृत्यु भएको वा हत्या भएको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.