|

गुल्मी:  गुल्मीको एक स्थानीय तहको स्कुलमा प्रमाणपत्रको प्रतिलिपी निकाल्दा तीन हजार दस्तुर लाग्ने गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका वडा  २ मा रहेको खस्थोक माध्यमिक विद्यालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ तीन हजार रुपैयाँ तिर्नुपरेको सोही विद्यालयकी छात्रा  ईश्मा गाउँपालिका वडा  ४ का पुर्णिमा नेपालीका बुबा दान बहादुरले गुनासो गरे। 

नेपालीकाअनुसार पहिले प्रमाणपत्र लिदाँ तीन हजार दिएर लिएको तर बिबिध कारणले गर्दा प्रतिलिपी निकाल्दा पनि पुन तीन हजार तिर्नुपरेको बताए। उनले १ वर्ष पहिले छोरीको प्रमाणपत्र निकाली बाग्लुङ कुरियर मार्फत पठाउदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने भएको बताए। प्रमाणपत्र हराएकै कारण एक वर्ष खेर गएको र कक्षा नौ को रजिस्टेसन फर्म नै भर्न नपाएको नेपालीले दुःख ब्याक्त गरे ।

'पहिले तीन हजार तिरेर प्रमाणपत्र निकालियो अहिले फेरी प्रतिलिपि निकाल्दा पनि तीन हजार दोहोरो मर्कामा परियो' नेपालीले भने। खस्थोक माध्यमिक विद्यालयका प्रधानाध्यापक  कृष्ण सुर्यबंशीले भने विद्यालय ब्यवस्थापन समितिले गरेको निर्णयका आधारमा लिइएको बताए । विद्यार्थी र अभिभावकको लापरबाहीका कारण यस्तो समस्या आएको उनले दावी गरे।

ब्यबस्थापन समितिको निर्णय अनुसार कक्षा ५ सम्म्को प्रमाणपत्र निकाल्दा दूर्य हजार र ६ देखी ८ सम्मकोलाई तीन हजार निर्णय भएको बताउदै पुर्णिमा नेपालीको प्रमाण पत्र निकाल्दा पहिले तीन हजार र प्रतिलिपि लिदाँ तीन हजार गरि छ हजार लिएको स्विकार  गरेका छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.