|

भद्रपुर (झापा) : देशभरका आन्तरिक विमानस्थलहरुमध्ये झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल सर्वोत्कृष्ट भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलहरुको कार्य सम्पादनको मूल्यांकन गर्दै आफ्नो २० औं वार्षिकत्सवको अवसरमा चन्द्रगढी विमान स्थल यस वर्षको सर्वोत्कृष्ट विमानस्थल घोषणा गरेको हो।

प्राधिकरणले दिएको प्रसंसापत्रमा ‘विमानस्थलको पूर्वाधार विकास तथा विस्तार, यात्रु सेवा सुविधा विस्तार, उडान संचालन, उडान तथा विमानस्थलको सुरक्षा र विमानस्थलको सौन्दर्यीकरण गर्न उल्लेखिय एवम अनुकरणीय कार्य गरेको’ उल्लेख छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपाल नागरिक उड्डयन कार्यालयका महानिर्देशक सञ्जिव गौतमले संयुक्त रुपमा चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडाललाई प्रशंसापत्र प्रदान गरेका थिए। 

चन्द्रगढी विमानस्थल २०२६ साल सञ्चालनमा आएको हो। सुरुमा घाँसे मैदान रहेको विमानस्थलमा अहिले आधुनीकरण गरिएको छ। करिब १५ सय मिटरको रनवे रहेको विमानस्थलमा भिएफआर प्रविधिअन्तर्गत विमान अवतरण गर्दै आएकोमा पछिल्लो समय स्याटेलाइट (आरन्याप) बेस्ट डे आइएफआर प्रविधि प्रयोग गरिएको छ। नयाँ प्रविधिको प्रयोगसँगै १६ सय मिटर भिजिबिलिटीमै विमान अवतरण गर्न सकिने भएको छ।

साथै, रात्रिकालीन हवाइ सेवाको तयारीसँगै वान वे धवानमार्ग बनाउन ११ बिघा जमिन अधिग्रहण कार्यलाई तीव्रता दिइएको छ। विमानस्थलमा सिसि क्यामेरा, एक्सरे मेसिन, फ्रि वाइफाइ सेवा, हवाई इन्धनको व्यवस्थापन भइसकेकोले अब चाँडै बारुणयन्त्र ल्याउने कार्य योजना अघि बढिसकेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख चुडालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.