|

काठमाडौंः प्रदेश दुईमा मन्त्रीले सचिवमाथि दुर्व्यवहार गरेका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका हुन्।

सचिव झाले गरिबी निवारणका लागि उद्यम कार्यक्रममा आफ्नो एनजीओलाई छनोट नगरेपछि मन्त्रीले झापड हानेका हुन्। झाले आफ्नो एनजीओलाई किन कार्यक्रम नदिएको भनेर मन्त्रीले आफूलाई कार्यकक्षमै झापड हानेको बताए।

सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अप्रीय घटना नहोस् भनेर सचिवलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। झालाई झापड हानिएपछि कर्मचारीहरुले मन्त्रीको कार्यकक्षमा धर्ना दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.