काठमाडौं : पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि झापा ११ र विभागीय टिम नेपाल आर्मी भिड्ने भएका छन्।
फिदिम माविको खेल मैदानमा सोमबार दिउँसो २ बजेपछि सुरु हुनेछ। सेमिफाइनलमा झापा ११ ले सरस्वती युथ र आर्मीले रोयल फुटबल क्लब दार्जिलिङलाई हराएर फाइनलमा भेट पक्का गरेका हुन्।
दुवै टिमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन्। प्रतियोगिताको विजेताले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल दिइने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।