|

कपिलवस्तु : कपिलवस्तु प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ।  गस्ती तथा चेकजाचका क्रममा प्रहरीले १४ लाखबढीको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरेको हो।

जिल्लाको मायादेवी गाउँपालिका वडा नं.२ पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० बटा कम्बल बरामद गरिएको छ। लु १ स २९८४ अटो रिक्सामा अबैध रुपमा ल्याउँदै गरको रु १ लाख ८ हजार बराबरको कम्बल र १० लाख बराबरको अटोरिक्सा बरामद गरिएको हो। कम्बलसगै कपिलबस्तु शुद्धोधन गाउपालिका १ बस्ने बर्ष २२ को रामकेवट र मायादेवि गाँउपालिका ५ बलुहवा बस्ने बर्ष २२ का सुभास चौधरी पक्राउ परेका छन्।

 यस्तै कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.६ भिल्मिबाट भारतबाट भन्सार छली अबैधरुपमा नेपाल भित्राएको २ ओटा साईकल र कपडा बरामद गरीएको हो। प्रहरी चौकी भिल्मिबाट खटिएको गस्ति टोलीले बाक्लो सल १८ थान, ज्याकेट १२ थान, लेडिज स्विटर ५९ थान बरामद गरेको हो। बरामद समाग्री कुल ५० हजार बराबारको रहेको प्रहरीले जनाएको छ। बरामद साईकल र सामान ईलाका प्रहरी कार्यालय कृष्णनगरमा पठाईएको छ। बरामद सामग्री भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताएका छन्।

यस्तै, इलाका प्रहरी कार्यालय महाराजगंजले औराहा चोकमा बिना स्टिकरको पराग गुट्खा बरामद गरेको छ। लु ११ प ८८६७ र लु १८ प २३९८ नं.को मोटरसाइकलमा लोड गरी ल्याउँदै गर्दा ८ बोरा पराग गुटखा सहित मोटरसाइकल बरामद गरीएको हो। अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य १ लाख  ५० हजार बराबरको गुटखा  र  २ लाख पर्ने मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.