|

ओखलढुंगा : भूकम्पबाट घर भत्किएका भूकम्पपीडितले दिएका पुनरावेदन सुनुवाइ सुस्त हुँदा आक्रोशित भएका छन्। प्राविधिकले घर सर्भेक्षण गर्दा गैरलाभग्राही कायम भएका पीडितहरूले दिएका पुनरावेदन सुनुवाइ सुस्त हुँदा उनीहरु आक्रोशित भएका हुन्।

अधिकांशका निवेदन सनुवाइका चरणमै पुगेका छैनन्। तीन जनाको सुनुवाइ शुरु भएको तीन महिना बिते पनि टुंगोमा पुगेको छैन। चिसंखुगढी गाउँपालिकाका शारदा निरौला, ईश्वरी प्रसाद निरौला र कुलप्रसाद निरौलाका निवेदन कात्तिकबाटै सुनुवाइ चरणमा पुगे पनि अहिलेसम्म जिल्लामा सुनुवाइ सकिएको जानकारी नआएको प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाईका सूचना अधिकारी सुनिता अधिकारीले बताइन्।

०७५ असोजमै दर्ता भएका निवदेन अहिलेसम्म सुनुवाइ नभएपछि भूकम्प पीडित आक्रोशित भएका छन्। ०७२ को भुकम्पले घर भत्किएर टहरामा बसोबास गर्दै आएका पीडितले घर बनाउन पाउनु पर्ने सरकारी अनुदानबाट बञ्चित भएपछि पुनरावेदन गरेका थिए। ओखलढुंगाबाट प्राधिकरणमा परेका ६ सय ५० जना पीडितको पुनरावेदन सुनुवाइ हुन सकेको छैन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावेदन समितिमा दर्ताका भएका निवेदन महिनौं वितेपनि सुनुवाइ नभएका हुन।

गैर लाभग्राही सूचीमा सूचिकृत भएपछि भुकम्प पिडीतले दिएका पुनरावलोकनका निवेदनको सुनुवाइ सुस्त भए पछि भुकम्प पिडीडहरुले आफूहरु अन्यायमा परेको बताउँछन्। आफूहरुले दिएका निवेदन सुनुवाइ सकिए–नसकिएको जानकारी नआएको भूकम्पपीडित शारदा निरौलाले बताइन्। आफूहरुलाई प्राधिकरणले अन्याय गरेको उनको भनाइ छ।

ओखलढुंगामा पुनर्निर्माण प्राधिकरणले गैह्र लाभग्राही भनेर १ हजार ६ सय जनालाई लाभग्राही सूचीबाट हटाएपछि उनीहरुले पुनरावदेन गरिरहेका थिए। गैह्र लाभग्राही कायम रहेका ओखलढुंगाका ६ सय ५० जना पीडितले पुनरावेदन दर्ता गराएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेको पुनरावेदन समितिले उजुरी दर्ता गरे पनि सुनुवाइ सुस्त देखिएको छ। पुनरावेदन सुनुवाइका बारेमा प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेलाई पटक–पटक सम्पर्क गरे पनि सम्पर्कमा नआउने र टेलिफोन नउठाउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.