|

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब १३ लाख रुपैयाँ बराबरको अबैध कपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वको टोलीले मंगलबार दिउँसो २ बजेको समयमा हेटौंडा ४ स्थित नन्दस्थान रोडबाट अबैध कपडा बरामद गरेको हो। भन्सार छलेर चोरी पैठारी गरी बिक्री वितरण गर्नका लागि लुकाई छिपाई राखेको अवस्थामा सातवटा प्लाष्टिकको बोाराभित्र रहेका साडी, कुर्ता तथा कोटका कपडा बरामद गरिएको हो।

कपडाको बजार मूल्य अनुसार करिब १३ लाख २४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले उक्त कपडाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ। पछिल्लो समय हेटौंडा भएर भन्सार छलेर ल्याइएको कपडा चितवन तथा काठमाडौं पुर्‍याइने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.