|

काठमाडौंः प्रहरीले बर्दियामा गोली चलाएर सुर्खेतका दिपकसिंह ठकुरीको हत्या आरोपीलाई पक्राउ गरेको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ मा पक्राउ परेका युवराज गिरीमाथि प्रहरीले गोली चलाएको हो। बर्दियामा पक्राउ परेका गिरी बाँके प्रहरीलाई बुझाउने क्रममा भाग्न खोजेपछि उनको बायाँ खुट्टाको घुँडा तल गोली चलाइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए।

गिरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। यसअघि गत पुस २६ गते बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका ठकुरीको विभत्स हत्या भएको थियो। घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरेको थियो। शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले भाग्न खोज्ने गिरीलाई गोली चलाएर पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.