सिमकोट : हुम्लालगायत उच्च हिमाली जिल्लामा सोमबार रातिदेखि हिमपात भएको छ। राति करिब २ बजेदेखि सुरु भएको हिमपातले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको सहायक प्रमुख जिल्ला महेशकुमार अधिकारी पोखरेलले बताए।
सिमकोटमा हिउँ एक फिट जमे पनि उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिको मुचु, लिमी गाउँमा भने ती फिटसम्म जमेको बताइएको छ। हिमपात पश्चिमी वायुका कारण भएको बताइएको हो।
हिमपातसँगै सिमकोटको तापक्रम माइनस आठ डिग्री सेल्सियस भएको छ। चिसोले गर्दा घरबाट निस्कन समेत समस्या भएको छ। हुम्लाका दक्षिण क्षेत्रमा रहेको केही स्थानमा वर्षा भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो ।
हिउँ परेको स्थानमा धाराका पानी जमेको छ। पानी जम्दा खानेपानीको समस्या भएको कैैलाश बोद्धि बोर्डिङ स्कुलका शिक्षक मिगुर लामाले बताए। हिमपातले नेपालगन्ज र सुर्खेतबाट उडना हुने हवाइ सेवा समेत बन्द भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।