|

बझाङ : निजी क्षेत्रको लगानीमा निर्माणाधीन बझाङको बुंगल नगरपालिकास्थित कालंगागाड जलविद्युत आयोजनाको काम अनिश्चित कालका लागि बन्द भएको छ। बुंगल नगरपालिकाका वडा नम्बर २ गिरौका स्थानीय बासिन्दाहरुले जलविद्युत आयोजनाको काममा अबरोध गरेपछि कालंगागाड जलविद्युत आयोजनाको काम रोकिएको हो। जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणका क्रममा गाँउका सबै खानेपानीका मुहानहरु र सिचाई गर्ने मुहानहरु सुकेपछि यहाँका स्थानिय बासिन्दाहरुले जल विद्युत् आयोजनाको काममा अबरोध गरेको  स्थानीय मकर धामीले बताए।

गाउँमा रहेका खानेपानिका मुहानहरु र पानीका कुवा सुक्नुका साथै खेतीयोग्य जमिनमा लाग्ने पानीका सबै मुहानहरु सुके पछि आफूहरुले खानेपानीको व्‍यवस्था र सिँचाइ कुलोको ब्यावस्था गरि दिनु पर्ने माग सहित आन्दोलित हुनु परेको समेत धामीले जानकारी दिए। समस्या समाधान नभएसम्म यहाँका स्थानिय बासिन्दाहरुले संघर्ष समिति बनाएर थप आन्दोलन गर्ने चेतावनि समेत दिएको संघर्ष समितिका संयोजक गोरख धामिले बताँए। हाइड्रो पावरको सुरुङमार्ग निर्माणका क्रममा झण्डै ६० परिवारको खेतीयोग्य जमिनमा सिँचाइ गर्ने पानीको मुहान नै सुके पछि हाल उक्त जमिन बाँझै रहेको छ।

आयोजनाले प्राप्त सिँचाइ र खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीयलाई पूर्व-सर्तअनुसार सेयर सुविधा दिनुपर्ने, वातावरणीय प्रदूषण कम गर्ने उपाय अवलम्बन गनुपर्ने, प्रभावित जग्गा धनिलाई मागअनुसार मुआब्जा दिनुपर्ने  लगायतका विभिन्न माग राख्दै स्थानीयबासीले आन्दोलन गर्दै आएका छन्। प्रभावित जग्गा धनीलाई सरकारी मुल्य अनुसार मात्र मुआब्जा दिने अधिकार आफूहरुलाई भएको आयोजना सञ्चालक खगेश्वर बोहराले बताँए। मन्त्रीपरिषद्बाट निर्णय गराएर मात्रै मुआब्जा व्यवस्था गर्न सकिने ब्यवस्था रहेको भन्दै आयोजनाका प्रतिनिधिहरुले सिँचाइ, खानेपानी र सेयर दिने कुरामा आफूहरु सकारात्मक रहेको बताएका छन्।

खानेपानीको व्यवस्था एक वर्ष अघि नै ७० लाख खर्च गरेर ७ किमि टाढा बाट खानेपानीको ब्यावस्था गरि सकेको र  सिँचाईको पनि सुविधा गर्ने कुरामा आफुहरु तयार रहेको कालंगा हाईड्रो प्रालीका संस्थापक सदस्य वीरेन्द्र मल्लले बताए। उनले भने यहाँका स्थानियहरुले एक रोपनी जग्गाको १५ लाख बराबरको माग गरेका कारण समस्या भएको छ।  स्थानीयहरुले अनेक बहाना बनाएर काममा अवरोध गर्दै आएको मल्लको गुनासो रहेको छ। स्थानीय बासिन्दाहरुलाई एक रोपनि बराबर ५० हजारको सेयर दिन कम्पनी तयार रहेको समेत जानकरी प्राप्त भएको छ।

काममा अबरोधका कारण दैनिक झण्डै ३० लाख बराबरको आयोजनाले घाटा बेहोर्नुपरेको कम्पनीको दाबी छ। हाल आयोजनाको झण्डै ४५ प्रतिशत काम सकिएको सञ्चालक खगेश्वर बोहरा बताए। कालंगा हाइड्रोपावरमा माछापुच्छ्रे बैक, एनएमबी विकास बैंक, सिभिल बैंक र व्यक्तिगत गरी एक हजार तीन सय करोड रुपैयाँ लगानी रहेको छ। स्थानीयहरुले आयोजनाको विरोध गरेको नभएर माग सम्बोधन नगरेकोले बाध्य भएर संघर्षमा उत्रनु परेको बताएका छन्। माग सम्बोधन नगरिए संघर्ष समितिले निर्माण कार्य ठप्प पार्ने स्थानीयले चेतावनी समेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.