|

जुम्ला : कर्णालीमा लगाइएका परम्परागत घरको शैली हराउँदै, गएको छ। कर्णालीमा यातायातको पहुँज भएसँगै  पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत घरको शैली हराउँदै गएको हो। 

मल्ल कालमा बनेका माटाको छत १० देखि १५ वटासम्म घरहरूसँगै जोडिएको पाइन्थ्यो, तर  पुराना घरहरू अहिले हराउँदै गएका छन्। पछिल्लो समयमा यहाँका बूढापाकाले परम्परागत घरको शैली हराएसँगै आफूहरूको  संस्कृतिक हराएको  बताएका छन्।

उनीहरू भन्छन ,हिमाली जिल्लामा हिउँदमा बस्नको लागी न्यानो हुने माटोका घरहरु हराएका छन्। त्यतिमात्रै होइन जुम्लामा बनाइने  परम्परागत घरको छुट्टै  विषेशता छन्।  पुराना शैलीका माटोका छत  भएका घर १० देखि १५ घरसम्मसँगै हुने र उनीहरूले आफ्नो भाषामा  गाउँलाई वाडा भनेर चिन्ने वा चिनाउने गर्थे। 

बूढापुस्ताहरूका अनुसार पुराना घर भूकम्पबाट बच्न र कुनै ठूलो सभा समारोह तथा भोजभतेर गर्नको लागि सहज हुने गथ्यो। पछिल्लो समयमा पुराना  घरहरू हराउन थालेपछि मौलिक संस्कृति हराउँदै जान थालेको उनीहरूको भनाइ छ।

संस्कृत विद् रामानन्द आचार्यले हाम्रो धार्मिक परम्परा बचाउन चुनौति देखिएको बताउँछन्। 'सँगै जोडिएका पुराना घरहरू अहिले हराउँदै गएको र जुम्लामा पाल्ने  काठे गाई पनि लोप भएका छन्' उनले भने।

पछिल्लो समयमा जुम्ला जिल्लालाई अर्गानिक जिल्ला घोषणा गरेको  भए पनि गाई पालकमा कमी आएपछि जुम्लालाई अर्गानिक जिल्ला बनाउन पनि चुनौति देखिएको छ। जस्तापाताले छाएको  घरमा चिसो हुने हुँदा गाईहरू लोप हुँदैगएको संस्कृत विद् आचार्य को भनाई छ।

'जुम्लाको एतिहासिक पहिचान र कृषि उत्पादनको मेरुडन्ड मानिएको जुम्लाको गाई पालन यसरी नै हराउँदै जाने हो भने पछिल्लो समय जुम्लाको आर्गानि कृषि उत्पादन शून्य देखिने सम्भावना रहेको छ' उनले भने, 'परम्परागत घरले यहाँको छठ्पर्वमा हुने धार्मिक संकृतिकको पहिचान दिँदै आएको थियो।'

परम्परागत घर निर्माणको शैली हराउँदै गएसँगै यहाँको मौलिक संस्कृति पनि  लोप हुने सम्भावना रहेको  जुम्लीबासीहरूको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.