|

जुम्ला : दुरुपयोग गरिएका सरकारी मोटरसाइकल र गाडी जिल्ला ट्राफिक कार्यालय जुम्लाले  नियन्त्रणमा लिएको छ। आम नागरिकबाट सरकारी सवारी साधनको दुरुपयोग भइरहेको जनगुनासो आएपछि शनिबार ट्राफिकले सवारी साधन नियन्त्रणमा लिइएकाे हो।

शनिबारको दिनमा पनि  गैर कर्मचारीले सरकारी सवारी प्रयोग गर्ने गरेका छन्। आम स्थानीय तहका कर्माचारीले नागरिक बिरामी हुँदा उपचार गर्ने एम्बुलेन्स नभएको ठाउँमा करोडौं रकम खर्चेर मोटरसाइकल किनेका छन्। ठूलो रकम खचेर दुई पांग्रेदेखि चार पांग्रे सवारी साधन खरिद गरेका कर्मचारीले दुरुपयोग गरिरहेको नागरिकले गुनासो गरेका छन्। 

जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक माधव रावतका अनुसार आज मात्रै झण्डै दर्जन बढी सरकारी सवारी कारवाहीमा परेका छन्। उनले भने, 'यदि कार्यालयको काम परे जिल्ला प्रशासनबाटै अनुमति लिनुपर्छ।' तर नियम उल्लंघन गरी बिदाका दिनमा पनि संञ्चालन भएका सरकारी सवारीलाई  नियन्त्रणमा लिइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.