|

जुम्ला : जुम्लामा पुन: हिमपात सुरु भएको छ। मौसम बदली भएसँगै राति दुई बजेदेखि भारी  वर्षा भएपछि बिहान तिन बजेबाट पुन: जुम्लामा हिउँ पर्न सुरु हो। हिमपातका कारण जुम्लाको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ। यो वर्षको हिउँद याममा पाँचौँ पटकको हिमपातले किसानहरु भने  हिउँदेबाली सप्रने  भन्दै अत्यधिक खुसी भएका छन्। जुम्लामा हिमपातले हवाई सेवासमेत बन्द भएको छ।

कृषि ज्ञान केन्द्र जुम्लाका कृषि विज्ञ बालक राम देवकोटाले हिउँले बोट विरुवा उत्पादनमा सघाउ पुग्ने बताएका छन्। उनले भने, 'यसपटक किसानले हिउँ पोखरीमा हिउँ सहजै संकलन गर्न सक्ने  भएका छन्। हिमपातसँगै जुम्लामा बढेको अत्याधिक चिसोका कारण बिरामिको संख्या ह्वात्तै बढेको छ।' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अनुसार दैनिक सय जना  भन्दा  बढी  बिरामी आउने गरेका छन्।

चिसोका कारण दम, रुघाखोकी, डायरिया र पेट दुख्ने लगायतका बिरामी बढेका हुन्। चिसोले बिरामीलाई निकै सकस पारेको छ। प्रतिष्ठानका डा. सूर्यमान लिम्बूका अनुसार अन्य समयको तुलनामा यतिखेर चिसोका बिरामी बढिरहेको बताए। आर्थिक वर्ष ०७४/७५ मा मात्रै ४५ हजार बिरामीले उपचार सेवा लिएका छन। चिसोका कारण बिरामी बढेने हुँदा चिसोबाट बच्न  चिकित्सकले सुझाव दिएका  छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.