|

तनहुँ : जनशक्ति अभावका कारण शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल चार महिनादेखि बन्द भएको छ। अस्पताल बन्द हुँदा बिरामी मर्कामा परेका छन्। स्थानीय तहलाई अस्पताल हस्तारण गरेपछि बन्द भएको हो।
अस्पताल वडा नम्बर १० मा रहेको ढोरफिर्दी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरणपछि १५ शैय्याको अस्पतालमा स्तारान्नति गरी नाम ढोर फूलबारी शहीद अस्पतालको नामबाट सञ्चालन गर्ने सहमति भएको थियो।

१५ शैय्याको अस्पतालमा एमबिबिएस डाक्टर, स्टाफ नर्स र प्राविधिक गरी २४ जना दरबन्दी आवश्यक पर्ने हुन्छ। तर, संघीय सरकारले जनशक्ति नपठाउँदा अस्पताल सञ्चालन गर्न नसकिएको वडा नम्बर १० अध्यक्ष तथा ढोरफिर्दी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारीले बताए। वडाध्यक्ष भण्डारीका अनुसार यसअघिको अस्पताल व्यवस्थापन समितिले स्थानीय तहलाई हिसाबकिताब बुझाउन नसक्दा स्थानीय तहले आफ्नो लगानीमा अस्पताल सञ्चालन गर्न अप्ठ्यारो भएको बताए। ‘धेरै पटक ताकेता गरियो तर हिसाब किताब बुझाउन सकेका छैनन्,’ वडाध्यक्ष भण्डारीले भने ‘अस्पताल सञ्चालन हुन नसक्दा सेवाग्राही स्वास्थ्य सेवा लिन टाढा पुग्नुपर्ने बाध्यता छ।’ 

यस अस्पतालबाट शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का नागरिकका साथै स्याङजाको हरिनाश, विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएको थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.