|

बाग्लुङ : जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। ध १ ज ७९१ नम्बरको जिप छिस्तीको रापुङ्गभीरमा भएको थियो।

दुर्घटनामा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल टीका भनिने तुलसी पुन, सोही विद्यालयका विद्यार्थीहरु एलिना पुन, प्रियंका पुन र ज्योति पुन रहेको जैमिनी नगरपालिका–८ का वडासदस्य कर्णसिंह पुनले जानकारी दिए।

उक्त दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका धना श्रीष, बिष्ना श्रीष, संगम श्रीष र सम्झना पुनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ। बाँकी सात जनामध्ये कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भैरहेको छ। दुईजना समान्य उपचारपछि घर फर्किएका छन्।

जिपमा करिव २५/३० जना यात्रु रहेको प्रहरी चौकी बेलवगरका प्रहरी जवान शंखर थापा क्षेत्रीले जानकारी दिए। जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा परेको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताए। सडकदेखि करिव ७०० मिटर तल खसेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.