|

काठमाडौं : मार्टिन चौतारीको ठीक विपरीत दिशामा, देखिन्छ अलिसान भवन। आँगनमा मोटरसाइकल र कार पार्किङ छ। विद्यार्थी जस्ता लाग्ने केही व्यक्तिहरू भित्र बाहिर ओहोरदोहर गरिरहन्छन्। कलेज जस्तो लाग्ने तर यो भवन कलेज भने होइन। यी डिजाइन प्रशिक्षार्थी इन्जिनियर हुन्।

काठमाडौं महानगरपालिका भित्रको खुल्ला ठाउँमा पार्क निर्माण गर्न र महानगरबासीको जनजीवनलाई लक्षित गरी बनाउनको लागिएको हुनाले उनीहरू यहाँ डिजाइन गर्छन्। काठमाडौं महानगरलपालिकाले करियर क्याम्प चलाएको छ। पहिलो आर्थिक वर्षको बजेटमा ६३ लाखको लगानीमा कार्यक्रम सञ्चालन भइरहेको छ। प्रशिक्षार्थी इन्जिनियरहरू भर्खरै पास आउट भएर आएका छन। भविष्यको लागि नयाँ बाटोको खोजीमा छन उनीहरू। काठमाडौं महानगरपालिका स्थानीय निर्वाचनमा गरेका वाचाहरु पूरा गर्न लागि परिरहेको छ। त्यहीअनुरुप काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगमा हिजोआज धमाधम काम भइरहेको छ।

राजाराम रिजाल १ महिना अगाडि मात्र करियर क्याम्पमा आएका हुन्। सदाझैँ उनी १० बजे कार्यालय समयमा आइपुग्छन्। करियर क्याम्पमा आउनुभन्दा अगाडि उनको  दैनिकी र अहिलेको दैनिकी फेरिएकोमा उनी ढुक्क छन्। महानगरको सौन्दर्यलाई उचाइमा पुर्‍याउन लागि  काम गरिरहेको छन्। आफूले गरेको कामले उनी प्रफुल्ल छन्। प्रफुल्ल भएको कारण आफूले राम्रो काम गरेको विश्वास गर्छन उनी। रिजाल भन्छन्, 'काठमाडौं महानगरको करियर क्याम्प मेरो भविष्यको लागि पहिलो ढोका खुलेको हो,यसमा आएदेखि नयाँ अवसर र सरकारी कार्यालयको काम गर्ने शैली र जिम्मेवारी के हो भन्ने कुरा थाहा पाएको छु।' यस्तो कार्यक्रम देशका अन्य गाउँपालिका,नगरपालिका र महानगरपालिकामा पनि सञ्चालनमा आउनुपर्ने उनले बताए।

'काठमाडौं महानगरपालिकाको गौरवको आयोजनाको प्रोजेक्ट निर्माण गर्न पाएको छौँ, यसले मलाई अझ काम गर्ने हौसला मिलेको छ,मेरो करियरको लागि,' उनले भने,'आजको सिकाइले मलाई सोच्दै नसोचेको सफलता हासिल गराउँछ। एक दिन मेरो जीवनमा, काठमाडौं महानगरपालिकासँग जोडिन पाउनु नै गर्वको विषय भएको छ। मेरो लागि,देशमा काम गर्ने ठाउँ छ यहाँ हामीले आफ्नो क्षमता देखाउन पाएका छैनौँ।'

काठमाडौं महानगरपालिका देशको जेठो नगरपालिका हो। महानगरका धेरै आयोजनाहरु त्यतिकै थन्केका थिए। यसलाई पूरा गर्नको लागि यो करियर कार्यक्रम सञ्चालन गर्नुपरेको काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले बताए। विगतमा महानगरवासीको चाहनामा भन्दा पनि व्यक्तिगत चाहनामा विकास निर्माणका आयोजना भएका थिए।महानगरको भरपर्दो डिजाइन गर्ने टीम नभएको अवस्थामा 'करियर क्याम्प'को आवश्यकता महसुस गरेर सञ्चालन गरेको बस्नेतले बताए।

'स्थानीय निकायको निर्वाचन पछि जनप्रतिनिधिले यस्तो अवधारणाको हुन। त्यहीँ बमोजिम काम भइरहेको छ।यसले भने केहीँ परिवर्तन दिएको छ,'उनले भने,'कमलपोखरी र भाटभटेनी अगाडीको सानो पार्क पनि यसको डिजाइनमा बनेको हो।अझै यस क्याम्पले धेरै गर्न बाँकि छ। विशेषगरी यसको डिजाइनमा बनेको आयोजनाले काठमाडौंलाई नयाँ रूप दिनेछ।'

बस्नेतका अनुसार प्रशिक्षार्थी इन्जिनियरहरुलाई 'करियर क्याम्प" सुनौलो अवसर दिएका हो। उनीहरुको योगदानले काठमाडौं पनि बन्ने छ। उनीहरुको लागि अन्य अवसर पनि खुल्ने छ। 'हामीले वहाँहरुलाई निश्चित सेवा सुविधा दिएर काममा लगाएका छौँ। यसले वहाँहरुलाई जिम्मेवारी बनाउँने र कामको सम्मान गर्ने र आस्था जाग्ने भएकोले पनि यस्तो सुविद्या प्रदान गरेको छ,' उनले भने।

आयोजनाका अर्का इन्जिनियर नितु बस्नेतको पनि उस्तै अनुभव छ। उनी पनि भर्खरै आएकी हुन्। नितु भन्छिन् 'मैले यहाँ आएर धेरै कुराहरू सिक्ने अवसर पाएको छु, जति कलेजमा पढ्दा पाएको ज्ञान थियो अहिले यहाँ आएर त्योभन्दा बढी अनुभव र ज्ञान प्राप्त गरिसकेको छु।' उनी थप्छिन्, 'महानगरले गरेको यो आयोजनामा सहभागी हुन पाउँनु भनेको मेरो लागि अझ अवसरको ढोका खुल्नु हो।'

सरकारी कामभन्दा पनि निजी काम गर्नलाई अत्यधिक रुचि  छ उनलाई नेपालमा बसेर केही गर्ने सोच बनाएकी छन्।उनले यहाँ बसेर धेरै सिक्न र आफ्नो कार्य क्षमता बढाउन बाँकि रहेको बताइन्। 'यहाँ मात्र हामी सिमित छैनौँ,डिजाइन मात्र पनि बनाउँदैनौँ, वडा अध्यक्ष र वडाबासी सँग पनि हाम्रो छलफल हुन्छ' नितु सुनाउँछिन्।

'महानगरले पार्क बनाइदिन्छ। त्यसलाई बढी संरक्षण गर्ने जिम्मा भने महानगरको हुन्छ। बनाएर मात्र छोडने होइन र त्यसको राम्रोसँग हेरविचार गरिरहनुपर्छ। नागरिकलाई कतिपय कुराहरू थाहा हुँदैन।नागरिकलाई सम्झाउने बुझाउने काम र यस्ता प्रोजेक्टको संरक्षण गरिरहुनपर्छ भनेर महानगरले बेला-बेलामा कार्यक्रम ल्याइनुपर्छ जस्तो लाग्छ', उनले भनिन्, 'महानगरले यस्तो आयोजना ल्याउँछ तर जिम्मेवार नागरिकले पनि दायित्वबोध गर्नपर्छ,महानगर जिम्मेवार हुनुपर्छ.महानगर हामी जस्तै युवाले मजाले बनाउन सक्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.