|

काठमाडौं : नातेदारको विवाहमा समेत सहभागी नभई सुरक्षाकर्मीसहित एक्लै झापाको दमक बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको यो वर्ष तराईको पहिलो भ्रमण जनकपुर तय भएको छ। त्यसपछि सिरहा, सप्तरी, महोत्तरी, उदयपुरलगायत एक दर्जनभन्दा बढी जिल्लाका भ्रमण तय भएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

उच्चस्रोतका अनुसार धार्मिक भ्रमणका लागि सिक्किम र दार्जिलिङको कार्यक्रमसमेत तय भएको छ। जिल्ला भ्रमणको सुरक्षालगायत विषयमा जानकारी लिन यही दोस्रो सातादेखि ‘रेकी’ गर्ने कार्यक्रम तय भएको छ। पत्नी कोमल, निजी सचिव सागर तिमल्सिनालगायत पाहुना काठमाडौं फर्किएपछि दमकमा एकलै बस्दै आएका ज्ञानेन्द्रले भ्रमणको तयारी गरिरहेका छन्।

कोमल भने शुक्रबार आफन्तको विवाहमा सहभागी हुन काठमाडौं आएकी हुन्। श्रीशमशेरका छोरा, नरशमशेरका नातिको विवाहमा सहभागी हुन कोमल काठमाडौं आएकी हुन्।

जिल्लास्थित विभिन्न  धार्मिकस्थल भ्रमणको तयारी गर्न राजावादी र विभिन्न दलका स्थानीय कार्यकर्ता लागिरहेका न्। हिन्दू धर्म र राजतन्त्रको विषयमा बहस चर्किँदै गएका वेला ज्ञानेन्द्रको दौडाहालाई महत्त्वका साथ हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.