सरकार सडक सुरक्षा योजना बनाएर अघि बढ्छ : मुख्यमन्त्री पोख्रेल

|

दाङ : प्रदेश  ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शनिबार दाहसंस्कार गरिएको छ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद ओलीको शुक्रबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहान ३ बजे निधन भएको हो। उनको दाङ दंगीशरण गाउँपालिका  ६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो। सांसद ओलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले नेपालको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि ब्यक्त गरे। त्यस्तै उनको शरीरलाई शोक सलामी पनि पनि प्रदान गरिएको थियो। त्यस अवसरमा शोक मन्तब्य ब्यक्त गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ओलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताए। उनले दाङको पश्चिम क्षेत्रको विकासका लागि खेलेको योग्दान महत्वपूर्ण रहेको भन्दै ओलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पुर्‍याउने बताए।‘

आफ्नो ब्यक्तिगत पैसाले पश्चिम दाङको बिकास गर्नुहुन्थ्यो, कसैलाई दुःख पर्दा सहानुभूति प्रकट गर्न पुग्नुहुन्थ्यो। हरेक आपत–विपतमा आफै खटिनुहुन्थ्यो’, उनले भने, ‘उहाँकै पहलमा सरकारलाई कुनै पनि बिपत परेको बेला बिभिन्न राहात तथा सहयोग घोषण गर्ने वातावरण तयार हुन्थ्यो।’ सानै उमेरमा विकासप्रेमी नेताको छवि बनाएका ओलीको दुर्घटनामा परी निधन हुनु दुखद भएको भन्दै प्रदेश ५ सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि माननीय उत्तरकुमार ओली सडक सुरक्षा योजना बनाएर अघि बढ्ने समेत मुख्यमन्त्री पोख्रेलले बताए। त्यसैगरी प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले ओलीको निधनले प्रदेशसभालाई ठूलो क्षति पुगेको बताए। ‘उहाँले प्रदेशसभामा जल्दाबल्दा विषय उठान गरेर समस्याको समाधान गर्न तत्परता देखाउनुहुन्थ्यो’ उनले भने।

अन्तिम श्रद्धाञ्जलि दिन प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का सचेतक शान्ता चौधरीलगायत दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा प्रदेश सांसद, नेता तथा कार्यकर्ताहरूको सहभागिता थियाे।

सांसद ओलीको माघ २४ गते घोराही ३ चिसापानी नजिकै सांसद ओली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटना पश्चात गम्भीर घाइते भएका वलीको काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो। दाङको दंगीशरण गाउँपालिका वडा ६ लेटार घर भएका ओलीको दुर्घटनामा परी टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो। बुटवलबाट गृहजिल्ला दाङ आउँदै गरेको अवस्थामा घोराहीबाट लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबहाक बस र सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। उनकी श्रीमती र दुई छोरा छन्।

२०४१ सालमा जन्मिएका सांसद वलीको ३४ वर्षको उमेरमा निधन भएको हो। शुक्रबार हेलिकाेप्टरमार्फत उनको पार्थिव शरीरलाई गृह जिल्ला दाङ ल्याइएको थियाे। गृहजिल्ला दाङ ल्याएसँगै श्रद्धाञ्जलिका लागि तुलसीपुरस्थित नेकपाको पार्टी कार्यालय राखिएको थियो भने शुुक्रबार नै उनको जन्मघर लगिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.