|

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा घर भएका सांसदले घर भाडा लिएका थिए। यो विषयलाई लिएर संचारमाध्यममा आलोचना भएपछिघर भाडा फिर्ता गर्ने सांसदले बाचा गरेका थिए। तर, अहिलेसम्म त्यरी बाचा गर्ने सांसदमध्ये एक जनाबाहेक अन्यले अझै घर भाडा फिर्ता गरेका छैनन्।

‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा राजधानीमा निजी घरमा बसेका सांसदले घर भाडा नपाउने उल्लेख गरिएको थियो। केही सांसदले आफ्नै घर हुँदाहुँदै पनि घर भाडा लिएका थिए। प्रदेशसभा सचिवालयका अनुसार ४३ जना प्रदेशसभा सदस्यले सुविधा बापतको घर भाडा बुझिरहेका थिए।

सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा रहेका ५३ मध्ये  सभामुख, उपसभामुख र ८ जना मन्त्रीको निवासको व्यवस्था प्रदेश सरकारले गरेको छ।  ४३ जना सांसद मध्ये ९ जना सांसद प्रदेशको अस्थायी राजधानी धनगढीमै घर भएका हुन्। उनीहरूले प्रति महिना १७ हजारका दरले ११ महिना आफ्नै घरमा बसेर घर भाडा बुझेका थिए। राजधानीमै घर भएका सांसदले घर भाडा लिएको विषयमा आलोचना भएपछि घर भाडा फिर्ता गर्ने बताए पनि उनीहरूले अझै रकम फिर्ता नगरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए।

राजधानीमै घर भएकामध्ये नेपाली कांग्रेसका सांसद टेकबहादुर रैकाले मात्रै घर भाडा फिर्ता गरेको सचिवालयले जनाएको छ। ‘घर भाडा बुझ्नेमध्ये एक जनाले मात्रै घर भाडा फिर्ता गर्नुभएको छ,' सचिव शर्माले भने, 'अन्यले फिर्ता गर्ने नगर्ने विषयमा हामीलाई जानकारी दिनुभएको छैन।’ रैकाले घर भाडाबापत ११ महिनामा १ लाख ८७ हजार रकम बुझेका थिए। उनले वार्षिक ३५ हजारका दरले दुई वर्षको एकमुष्ट रकम बुझेर घर भाडा फिर्ता गरेका हुन्। ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा  व्यवस्था गर्न बनेको विधेयक २०७५’ राजधानीमा घर भएका सांसदका लागि एक वर्षमा निजी आवास मर्मत सम्भारका नाममा ३५ हजार रकम रहेको छ।

सचिवालयका सचिव शर्माले यस्तो घर भाडाको रकम फिर्ता लिएर यस्तो सुविधा लिने रौका एक्लो सांसद भएको बताए। केही समय अघि पत्रकार सम्मेलन आयोजना गरेरै आफूले लिएको घरभाडा फिर्ता गर्ने बताएका नेपाली कांग्रेसका अर्का सांसद डिल्लीराज पन्तले पनि हालसम्म घर भाडा फिर्ता गरेका छैनन्। राजधानीमै घर भएका सांसदले घर भाडा लिएपछि प्रदेशसभा सचिवालयले फारम तयार गरी घर भएको र नभएको सूची तयार गरेको छ। जसका ८ जना प्रदेशसभा सदस्यले राजधानीमा घर भएको उल्लेख गरेका छन्।

पूर्वमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद दीर्घ सोडारीले पनि धनगढीमा घर भएको उल्लेख उल्लेख गरेका छन्। नेकपाकै वीरमान  चौधरी र हर्कबहादुर कुँवरले पनि राजधानीमा घर भएको सचिवालयलाई सूची पेस गरेका छन्। नेपाली कांग्रेसका टेकबहादुर रौका, दिव्यस्वरी शाह, डिल्लीराज पन्त,र देवराज पाठकले पनि राजधानीमा घर भएको पेस गरेका छन्। राष्ट्रिय जनता पार्टी राजपाकी सांसद मालामतिकुमारी रानाले राजधानीमा घर भएको फारम भरेकी छन्। 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई सांसदले अहिले पनि राजधानीमा घर भएको कुरा संसद् सचिवालयलाई जानकारी गराएका छैनन्। धनगढी उपमहानगरपालिका १८ मा घर भएका नेपाल चौधरी र वडा नम्बर १४ मा घर भएकी सुशीला बुढाथोकिले राजधानीमा घर भएको कुरा सांसदलाई जानकारी गराएकी छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.