|

धनगढी : उपचारको लागी सेती अञ्चल अस्पताल पुगेका धनगढी जुगेडाका ७३ वर्षीय वृद्ध गजीसिह खत्री लाई सामाजिक सेवा एकाईले निःशुल्क औषधिको लागी फार्मेसीमा सिफारिस गर्‍यो। तर फार्मेसीले औषधि छैन भनेर उनलाई निजी किल्नीकमा पठायो। 

कुरुवाको रूपमा साथमा रहेका उनका छोरा गोविन्द खत्रीले जब सोही औषधि अस्पतालको फार्मेसी बाट किने तब रहेको सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट निःशुल्क रूपमा पाइने औषधि पनि बिक्री भइरहेको खुलासा भएको छ।

अस्पतालको निःशुल्क औषधि उपलब्ध गराउन सिफारिस गराउँदा बिरामीलाई औषधि छैन भनेर पठाएकै औषधि अर्का व्यक्तिले खरिद गरेपछि फार्मेसीले निःशुल्क औषधि बिक्री गर्ने गरेको खुलासा भएको हो।

‘सामाजिक सेवा एकाईले निःशुल्क औषधिको लागी फार्मेसीमा सिफारिस गरेको थियो। औषधिको लागी फार्मेसी गए तर औषधि छैन भनेर मलाई फिर्ता पठाइयो’ उनले भने, ‘ मैले त्यही औषधि शुल्क तिरेर अर्को साथीलाई त्यहीबाट ल्याउन पठाए फार्मेसीले औषधि दिएर पठायो।’

छाती सम्बन्धी बिरामी भएका ७३ वर्षीय गजीसिह खत्रीलाई उपचारका लागी गोविन्दले सेती अञ्चल अस्पताल ल्याएका थिए। सस्तो सुलभ उपचारका लागी आएका जनतालाई यसरी ठग्नु अन्याय भएको उनको भनाई छ।

तर फार्मेसी प्रमुख भरत कुँवरले भने उनी औषधि लिन आएको बेला औषधि सकिएको तर त्यसको केही बेरमा औषधि आएको दाबी गरे।

‘उनी आषौधि लिन आएको बेला औषधि सकिएको रैछ,’ फार्मेसी प्रमुख कुँवरले भने ‘त्यसपछि औषधि आयो हामीले उनलाई निःशुल्क औषधि दिएर पठायौँ।’ झन्झटीलो टेन्डर प्रक्रियाका कारण २ सय प्रकारका औषधि अभाव रहेको फार्मेसी इन्चार्ज भरत कुँवरको दाबी छ।

धनगढीका स्थानीय शेर बहादुर मल्लले पनि उपचार पछि औषधिको लागी फार्मेसीमा पुग्दा निजी औषधि क्लिनिक पठाउने गरेको गुनासो गरे। ‘सेवा ग्राहकलाई सस्तो सुलभ होला भनेर फार्मेसी खोलियो तर खै अहिले पनि महँगोमा बहिरा बाट औषधि किनिरहेका छौँ’ उनले भने।

फार्मेसीमा हाल १२ सय १९ प्रकारका औषधि उपलब्ध रहको प्रशासनले दाबी गरेपनी सेवाग्राहीले भने पाउन सकेका छैनन्। अस्पतालका सूचना अधिकारी दिलीप क्षेष्ठले फार्मेसीमा पर्याप्त मात्रामा औषधि रहेको दाबी गरे। अस्पतालमा रहेका डाक्टर तथा कर्मचारीहरूले आफ्नो नाफाको लागी अस्पतालमा औषधिको कृत्रिम अभाव गर्ने गरेको सेवाग्राहीको आरोप छ।

फार्मेसीमा उपलब्ध निःशुल्क औषधि पनि बिक्री हुन थालेपछी झनै समस्यामा रहेको सेवाग्राहीको गुनासो छ। सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पतालमा बेथिति भइरहँदा पनि सरोकारवाला निकाय मौन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.