|

भद्रपुर, (झापा) : झापाको गौरीगञ्ज नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको खाद्यन्न सामग्रीसहितकाे  एक पिकअप भ्यान सशस्त्र प्रहरीले बरामद गरेको छ। 

मे १ च ३२५३ नम्बरको पिकअप भ्यानमा लोड गरिएको खाद्यन्न सामग्री गौरीगञ्जबाट दमकतर्फ गइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, वेस क्याम बैगुनधुराबाट खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक गणेशमान गोदार (थापा) को नेतृत्व टोलीले मंगलबार विहान बरामद गरेको हो। 

सशस्त्र प्रहरीले गौरदह नगरपालिका ८ स्थित चुरोपानी भन्ने स्थानबाट पिकअप भ्यानलाई विभिन्न प्रकारको खाद्यन्न सामग्रीसहित नियन्त्रणमा लिएको जनाइएको छ। 
पिकअप भ्यानमा बरामद गरिएको सामग्रीमध्ये २६ बोरा तोरी, ४ बोरा चिनी, भारतीय नुन १५ बोरा, प्योकजिङ सूर्ती २ बोरा, युरिया मल, डोफुल खानेतेल ५ टिना, चामल दुई बोरा र लसुन १०० केजी रहेको सशस्त्र प्रहरीले जनाएको छ। पिकअपमा लोड गरिएको सामग्री गौरीगञ्ज नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको सशस्त्र प्रहरी नायव निरीक्षक गोदारले बताए। 

सशस्त्र प्रहरी नियन्त्रणमा लिएको पिकअप भ्यानसहित सामग्रीलाई ११ लाख ३५ हजार ५०० मूल्याकन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.