|

धनगढी : जिल्ला अदालत कैलालीमा टीकापुर घटनाको बहस सकिएको छ। गत बुधबारबाट शुरु भएको बहस मंगलबार सम्पन्न भएको हो। बहस मंगलबार सकिएको र बुधबार फैसला हुने जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीले जानकारी दिए।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट/थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो। उक्त मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट भने दर्जन बढी कानून व्यवसायीले बसह गरे।

टीकापुर घटनाका मुख्य आरोपीका रूपमा रहेका रेशम चौधरी घटनापश्चात् भूमिगत अवस्थामै कैलाली क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा निर्वाचित भएका थिए। निर्वाचित भएको एक वर्षपछि उनलाई  सपथ ग्रहण गराइएको थियो। हाल उनी कारागारमा छन्।

सांसद चौधरीसहित घटनामा हालसम्म २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने ३२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.