|
प्रतीकात्मक तस्बिर

कैलाली : धनगढीका एक व्यापारीको अपहरण भएको छ। बुधबार राति धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरण भएको हो।

भारतीय नम्बरबाट सिंहका परिवारलाई फोन गरि १५ लाख रुपैयाँ माग गरेको स्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले भने यस विषयमा औपचारिक जानकारी दिएको छैन। घटनाको सूचना पाएलगत्तै प्रहरीको एक टोली परिचालन गरिएको स्रोतले बतायो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.