|

काठमाडौं : नेपालमा सुरक्षण मुद्रण स्थापना गर्नका लागि फ्रान्स सरकारले सहुलियतपूर्ण आर्थिक सहयोग सहित प्राविधि सहयोग गर्ने भएको छ।

सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले हालै गरेको फ्रान्सको औपचारिक भ्रमणको क्रममा दुई देश बीच नेपालमा सुरक्षण मुद्रण स्थापना र आफ्नै स्याटलाइट सञ्चालन गर्नका लागि प्राविधिक लगायतको सहयोग उपलब्ध गराउने बारे मन्त्रीस्तरीय आशयपत्रमा हस्ताक्षर भएको हो। फ्रान्सको औपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्किएका सञ्चार तथा सूचनामन्त्री बाँस्कोटाले नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको इनग्रुप बीच सुरक्षण मुद्रण स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए।

त्यसैगरी स्याटलाईट सञ्चालनबारे नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्स सरकारको थेल्स एलिना स्पेसबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सुरक्षण मुद्रणको काम तीन वर्षभित्र र स्याटलाइटसम्बन्धी काम ३० महिनाभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको छ। दुवै समझदारीपत्रमा कम्तिमा तीन महिनाभित्र परियोजना सम्झौता करार गरी काम सुरु गर्ने उल्लेख छ।

स्पेनको बार्सिलोनामा मोबाइल कंग्रेस अन्तर्गत भएको ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन मिनिस्टरियल प्रोग्राममा सहभागी हुनुको साथ मित्रराष्ट्र फ्रान्सको औपचारिक भ्रमण गरि मन्त्री बाँस्कोटा शनिबार स्वदेश फर्किएका हुन्। फ्रान्सका विदेश राज्यमन्त्री जिन बाप्लिस्ट लेमोनीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.