|

काठमाडौं : अस्वस्थ भएपछि ६ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएकी पूर्व-मुमाबडामहारानी रत्नको स्वास्थ्यमा सुधार भएको र भोली सम्ममा डिस्चार्ज हुने बताइएको छ। एक सातादेखि लागेको खोकीको घरमै उपचार गरिरहेकी ९१ वर्षीया रत्नलाई पखला लाग्ने र पिसाब कम हुने समस्या थपिएपछि परिवारले गत मंगलबार नर्भिक पुर्‍याइएको थियो।

लगत्तै उनको परीक्षण रगतमा संक्रमण भएको पाइएको पत्ता लागेको थियो। रगतमा संक्रमण देखिएपछि  अस्पतालमा नै भर्ना गरेर उपचार गरेपछि उनको स्वास्थ्यमा उल्लेख्‍य सुधार भएको अस्पताल स्रोतले बताएको छ। रत्नलाई पखाला लाग्ने र पिसाब कम हुने समस्या थपिएपछि अस्पताल पुर्‍याएको उनलाई रगतमा सेतारक्तकोषको मात्रा बढेर ३० हजार पाइएको थियो। सामान्य अवस्थामा यो उमेरको व्यक्तिमा ३ हजार ५ हजार प्रतिएमसिएल हुनुपर्ने हुन्छ। जसले गर्दा उनलाई अस्पतालमा भर्ना गरेरै उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको उपचारमा सहभागीहरूले बताएको समेत पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले बताए। उनले भने,
'चिकित्सकहरूले मुमाबडामहारानी ज्यूको स्वास्थ्यमा सुधार भएको र भोलिसम्ममा डिस्चार्ज हुने बताउनुभएको छ।'

हाल उनलाई अस्पतालमा पूर्व-युवराज पारस शाह र पूर्व-राजा ज्ञानेन्द्र शाह लगायतले हेरचाह गरिरहेको समेत ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले बताए। रत्नको उपचारमा अहिले डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे, डा ब्रजेन्द्र श्रीवास्तवको टोली खटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.