|

अन्तराष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै आएको अफगानिस्तानले टेस्ट क्रिकेटमा पहिलो जित हात पारेको छ। भारतको देहरादुनमा आयरल्यान्ड विरुद्धको टेस्टमा अफगानिस्तानले ७ विकेटको जित हात पारेको हो।

आयरल्याल्यान्डले दिएको १४७ रनको लक्ष्य चौथो दिन पूरा गर्दै अफगानिस्तानले टेस्टमा पहिलो जित हात पारेको हो। दोस्रो इनिङमा अफगानिस्तानका लागि इहसानुल्लाहले नटआउट ६५ रन जोडे। यस्तै रहमत साहले ७६ रनको योगदान गरे।

टेस्टमा अफगानिस्तानले पहिलो इनिङमा ३१४ रन जोदा दोस्रो इनिङमा आयरल्यान्डले १७२ रन बनायो। दोस्रो इनिङमा २८८ रनमा समेटिएपछि अफगानिस्तानले सहज लक्ष्य पाएको थियो। आयरल्यान्डको इनिङलाई  कमजोर पार्न स्टार लेग स्पीनर रासिद खानले दुवै इनिङमा ७ विकेट लिए। उनले पहिलो इनिङमा २ विकेट लिँदा दोस्रो इनिङमा ५ विकेट लिएका थिए।

पहिलो इनिङमा ९८ रन र दोस्रो इनिङमा ७६ रन जोडेका अफगानिस्तानका रहमद साह म्यान अफ दि म्याच घोषित भए।  दुवै टिमले दोस्रो टेस्ट सिरिज खेलेका हुन्। यसअघि आयरल्यान्डले पाकिस्तान र अफगानिस्तानले भारतसँग टेस्ट खेलेका थिए। जहाँ पाकिस्तान र भारत विजयी भएका थिए।

टेस्ट डेब्यूमा जित निकाल्ने टिमको कीर्तिमान भने अस्ट्रेलियासँग मात्रै रहेको छ। अफगानिस्तासहित पाकिस्तान र इंग्ल्यान्डले आफूले खेलेको दोस्रो खेलमा जित निकाले। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.