दल प्रतिबन्द भएपछि नेताहरु भूमिगत

|
Representative Photo

कपिलवस्तु : प्रतिबन्दित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चारजना स्थानीय नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बुधबार मात्र जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताए। यसरी पक्राउ पर्नेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यामदास पासी र राजमङ्गल थारू रहेका छन।

यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानेसमेत पक्राउ परेका छन।
पक्राउ परेकाहरूलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रमा राखिएको बताइएको छ। पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका बाहिर चिनिएका सबै नेता खुला रूपमा देखिन छाडेका छन।

सरकारले अराजनीतिक समूह घोषणा गरेर प्रतिबन्द लगाएको नेकपा विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेता पक्राउ परेका हुन।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.