|

काठमाडौं : नेपाल र कुवेत बीचको मैत्रीपूर्ण फुटवल गोलरहित बराबरीमा रोहिएको छ। बिहीबार राति अबेरसम्म भएको खेलामा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ।

खेल अवधिभर निकै आक्रामक फुटबल खेलेको कुवेतको एक दर्जन प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल पारेका थिए। दोस्रो हाफको ६१ औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा कुवेतले जित दर्ता गर्न सकेन।

खेलको ८४ औं मिनेटमा कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन।

प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध ५ खेलाडीलाई डेब्यु दिएका थिए। उनले मिडफिल्डरद्वय रवी पासवान र सन्तोष तामाङ तथा डिफेन्डरद्वय सुरज विक र अजित भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर प्रदान गरे। विमल राना पनि वैकल्पिकका रुपमा मैदान प्रवेश गरेका थिए।

नेपालले दोस्रो खेल मार्च २५ तारिखमा खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.