|

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा आफ्नै अड्डा र जिम्मा पदाधिकारीका विषयमा कुनै सामग्री  राख्न अदालतका कर्मचारीले होश पुर्‍याउनुपर्ने भएको छ। अन्नपूर्ण पोस्ट् दैनिकमा उल्लेख भएअनुसार यसमा रोक लगाउन सर्वोच्च अदालतले आचारसंहिता तयार पारेको छ।

चित्त नबुझेका कुरामा कर्मचारी तहबाटै सामाजिक सञ्जालमार्फत गालीगलौज, जनमानसमा भ्रम सिर्जना, अविश्वास एवं मानमर्दन हुने खालका सामग्री बढ्न थालेपछि आचारसंहितामार्फत बाँध्न खोजिएको हो। न्याय सेवाका कर्मचारीलाई निजामती कर्मचारी आचारसंहिताले बाँधेको छ। सेवाको प्रकृतिअनुरूप बढी जिम्मेवार र अनुशासित बनाउन आवश्यक भएको महसुस भएपछि छिट्टै लागु गर्न थालिएको हो।

फेसबुक, ट्विटर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमा कडाइ गर्नेगरी अदालतमा कार्यरत कर्मचारीको आचारसंहिता–२०७५ को मस्यौदा तयार गरेको छ। आचारसंहिताको विविध पक्षमा सर्वोच्चको ‘फुल कोर्ट’मा छलफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.