|

पानामाका पूर्वराष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ।

गोप्य सुचना चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्बन्ध राखेको अभियोग लगाइएको छ।

अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उनले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको पाइएको बताए।

उनीसँगै अरु १५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ। तर उनीहरूका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.