|

कपिलवस्तु : पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक आपसमा ठोक्किदा २१ जना घाइते भएका छन्। दुर्घटनामा बसका चालक बर्दिया बारबर्दिया ४ बस्ने २६ वर्षीय खिमराज बिकसहित  ४ जनाको अवस्था गम्भीर रहेको छ।

शनिबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोला क्षेत्रमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीया कल्पना सुनार, १५ वर्षीय भीम सुनार घाइते भएका छन्। दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि.क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवी चौधरी लगायत २१ जना घाइते भएका छन्।

दुर्घटनामा परेका १७ जनालाई बुटवलका विभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरीक्षक रवी रावलले बताए। घटनास्थलबाट बस र ट्रकलाई क्रेनमार्फत हटाउने प्रयास भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.