|

बाँके : यस वर्षको एसइई परीक्षामा बाँकेबाट आठ हजार १७५ जना विद्यार्थी सामेल हुने भएका छन्।

सामुदायिक ८५ र संस्थागत तर्फका ८० गरी कूल १६५ विद्यालयका विद्यार्थी परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख गोर्खबहादुर थापाले बताए। उनले तीन खुल्ला विद्यालय र पाँच वटा प्राविधिक धारका विद्यालयका विद्यार्थी पनि एसइई परीक्षामा सामेल हुने जानकारी दिए ।

बाँकेमा ३३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। उनले दिएको जानकारी अनुसार, परीक्षामा दुईजना दृष्टिविहीन र चार जनाले जिल्ला कारागारका कैदीले पनि परीक्षा दिने भएका छन्। गत वर्ष बाँकेका सात हजार ३०२ जना विद्यार्थीले एसइई दिएका थिए। 

परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पुर्‍याइसकेको थापाले जानकारी दिए। उनले सबै परीक्षा केन्द्रका केन्द्राध्यक्ष पनि आ–आफ्नो केन्द्रमा पुगिसकेको बताए। ‘सुरक्षाकर्मी परिचालन र अनुगमन टोलीको व्यवस्था गर्ने काम पनि भइसकेको छ’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.