|

काठमाडाै‌ं : कुवेत भ्रमणमा रहेको राष्ट्रि फुटबल टिम दोस्रो खेलको तयारीमा ब्यस्त छ। सोमबार कुवेती राष्ट्रिय खेल अघि टिमले शनिबार दुई घण्टा अभ्यास गर्यो। पहिलो खेलमा सनसनिपुर्ण बराबरी गरेपछि नेपाली राष्ट्रिय टिम सोहि प्रदर्शनलाई दोस्रो खेलमा पनि जारी राख्ने ध्याउनमा रहेको छ।

नेपाली टिमका प्रशिक्षक योहान कालिन टिमको पहिलो खेलकै स्प्रीडलाई दोस्रो खेलमा पनि जारी राख्ने गरी तयारी गरेको बताउँछन्। कालिन भन्छन ‘उनीहरु पहिलो खेलको बराबरी पछि बदलाका लागि मैदान उत्रने छन्। त्यसैले अब हामी उनीहरुलाई रोक्न सोहि अनुसारको राणनिती बनाएर अघि बढ्ने छौं।’ कालिनले नेपाल कमजोर नरहेको प्रस्ट पार्दै फेरीपनि घरेलु टोलीलाई जतिसक्दो कडा चुनौती दिने विश्वास ब्यक्त गरे।

त्यस्तै राष्ट्रिय टिमका कप्तान विराज महर्जनले कुवेत स्टार खेलाडीले भरिएको टिम भन्दै उनीहरुलाई रोक्नु नेपालको पहिलो लक्ष्य हुने बताए। साथै उनले अघिल्लो खेलमा देखाएको आत्माविश्वास टिमले दोस्रो खेलमा पनि जारी राख्ने बताए। विराजले भने ‘हाम्रा लागि कुवेत विरुद्धको दोस्रो खेलपनि उतीकै महत्वपुर्ण छ त्यसैले हामी सतप्रतिशत मिहेनत गर्ने छौं।’

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको गोलरक्षक किरण चेम्जोङपनि दोस्रो खेलमा नेपाल थप सुदृढ हुने विश्वास ब्यक्त गरे। उनले भने ‘दोस्रो खेलमा हामी थप परिष्कृत भएर मैदानमा उत्रन्छौं। त्यसोत उनीहरुपनि अब स्वभाविक रुपमा नेपाल विरुद्ध मैदानमा उत्रंदा सचेत हुने छन्।’ नेपालले सोमबार कुवेत विरुद्ध प्रतिष्पर्धा गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.