|

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ को घोषणा गरेको छ। एनएफपिजेले बुधबार पत्रकार सम्मेलन गरेर ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ को घोषणा गरेको हो।

२०५३ सालमा स्थापना भएको, एनफएपीजे नेपालले अहिले आफ्नो स्थापनाको २२औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ। यसै क्रममा देशभर विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकाहरूको क्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटो पत्रकार साथीहरूको उच्चमनोबल वृद्धिका लागि  प्रोत्साहनस्वरूप फरक-फरक १५ विधामा नगद पुरस्कारसहित, ट्रफी, सम्मानपत्र प्रदान गर्न लागेको जनाएको छ।  पेशालाई जीवनभर अंगालेर हाल निवृत्त जीवन व्यतित गरिरहेका अग्रज फोटोपत्रकारहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तले जानकारी दिए।  

यस्ता छन् अवार्डका विधा
१) लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५ : लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगतलामो समयदेखि सक्रिय रुपमाक्रियाशीलफोटो पत्रकार तथा लामो समय फोटोपत्रकारीतागरि हालनिवृत्त गुरुहरूमध्येबाट एकजनालाई प्रदान गरिनेछ। यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ।
२) दैनिकजीवन फोटोपत्रकारिता विधा : समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रूपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ। 
३) खेलकुद फोटोपत्रकारीता विधा :  यो विधाअन्‍तर्गत खेलकुदको क्षेत्रमा वर्षभरी उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिनेछ। 
४) महिला फोटोपत्रकारिता विधा : महिला फोटो पत्रकारका रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला फोटो पत्रकारहरू मध्येबाट छनोट गरी एक जनालाई यो पुरस्कार वितरण गरिनेछ।
५) पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधा : देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा गर्ने फोटो पत्रकारहरूलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ। 
६) आर्थिक फोटोपत्रकारिता विधा  : व्यापार, व्यवसाय लगायतका क्षेत्रमा भइरहेका विभिन्न क्रियाकलापहरूको फोटो माध्यमबाट फोटो पत्रकारिता गर्ने एक उत्कृट फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन्। 
७) राजनीतिक फोटोपत्रकारिता विधा  : देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरूलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ। 
८) मनोरञ्‍जन फोटोपत्रकारिता विधा : देशको महत्वपूर्ण मनोरञ्‍जनात्मक गतिविधिलाई फोटोको माध्यमबाट फोटो पत्रकारिता गर्ने एकजना उत्कृष्ट पत्रकारहरूलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ। 
९) प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधा : राजधानीबाहिर रहेर प्रदेश-१ मा सक्रिय रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१०) प्रदेश-२ उत्कृष्ट फोटोपत्रकारिता विधा : राजधानीबाहिर रहेर प्रदेश-२ मा सक्रिय रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
११) प्रदेश -३ उत्कृष्ट फोटोपत्रकारिता विधा : राजधानीबाहिर रहेर प्रदेश-३ मा सक्रिय रूपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूमध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१२) प्रदेश -४ उत्कृष्ट फोटोपत्रकारिता विधा : राजधानीबाहिर रहेर प्रदेश-४ (गण्डकी) मा सक्रिय रूपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१३) प्रदेश-५ उत्कृष्ट फोटोपत्रकारिता विधा  : राजधानीबाहिर रहेर प्रदेश -५ मा सक्रिय रूपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एक जना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१४) प्रदेश नं. ६ उत्कृष्ट फोटोपत्रकारिता विधा  : राजधानीबाहिर रहेर प्रदेश- ६ (कर्णाली) मा सक्रिय रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
१५) प्रदेश- ७ उत्कृष्ट फोटोपत्रकारिता विधा  : राजधानीबाहिर रहेर प्रदेश- ७ (सुदूरपश्चिम) मा सक्रिय रूपमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरू मध्येबाट एकजना उत्कृष्ट फोटोपत्रकारले यो पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी लामो समयदेखि प्रदान गर्दै आइरहेको हाम्रो संस्थाका आजीवन सदस्य हरि गोपाल प्रधानको नाममा स्थापित सम्मान विभन्न शीर्षकमा वितरण गर्दै आइरहेको (साहसिक,खेलकुद, पर्यटन,सम्पर्दा र मनोरन्जन विधाका अग्रज फोटोपत्रकार तथा फोटोग्राफरहरु लाई यो वर्ष वैसाख १३ गतेको विषेश अवार्ड समारोहमा वितरण गरिनेछ। 


फोटोपत्रकारिता अवार्ड २०७५मा सहभागिताका लागि नियम

फोटोपत्रकारिता अवार्ड २०७५मा सहभागिताका लागि केही नियमहरू लागू हुनेछन्। 
१. राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा प्रत्येक वर्ष यो अवार्ड वैशाख १३ गते प्रदान गरिनेछ। 
२. अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरूलाई विभिन्न १५ विधाबाट नगदसहित सम्मानित गरिनेछ।
३. अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने र अनलाइन मिडियाको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ। आवेदन फारमसँगै कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रूपमा समावेश गराउनुपर्नेछ।
४. अवार्डमा सहभागी हुनका लागि सम्पूर्ण फोटोपत्रकारहरूले संस्थाको आधिकारिक इमेलमा आफ्नो बायोडाटा एकप्रति क्यामेरा बोकेको ६:४ इन्च को आफ्नो फोटो साथै कुन-कुन विधामा आवेदन दिन लागेको हो प्रत्येक विधा अन्तर्गतको फोटो पठाउँदा २०७५ सालभरी खिचिएका ५,५ वटा वर्ष उत्कृट फोटो १२ : १८ इन्च को ३०० डिपिआइमा क्याप्सन सहित [email protected]  मा पठाउनुपर्नेछ । साथै  https://www.nfpj.org.np/award-rules-regulations मा पनि अनलाइन फारम भरेर आवेदन दिन सकिनेछ।
५. देशभर फोटोपत्रकारितामा सक्रिय रूपमा काम गर्ने सम्पूर्ण फोटो पत्रकारहरूले सहभागिता जनाउन सक्नेछन्। 
६. प्रदेश फोटोपत्रकारिता अवार्डको हकमा भने प्रदेशमा रहेर वर्षभरी खिचिएका ५ वटा उत्कृष्ट विभिन्न विधाका फोटोहरू क्याप्सनसहित १२ : १८ इन्चको ३०० डिपिआइमा पठाउनुपर्नेछ।
७. अर्वाडको लागि आवेदन फारम वैशाख ३ गतेसम्म पठाइसक्नुपर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.