|
प्रतीकात्मक तस्विर

बागलुङ : गलकोटमा आएको असिनापानीले करिब पाँच करोडको क्षति पुर्‍याएको छ। आइतबारको असिनापानीका कारण गलकोट नगरपालिका वडा नम्बर १ ददिलाभाटीमा बढी क्षति पुगेको छ। 

नगरपालिकाका करिब दुई दर्जनभन्दा बढी घरपरिवार बाढीका कारण विस्थापित भएका छन्। खोला आसपासमा रहेका तटीय क्षेत्र, हटिया बजार, नरेठाटी बजार तथा अन्य बजार क्षेत्र समेत जोखिममा परेका छन्। करिब  ३०० रोपनी खेतीयोग्य जमिनमा बाढी पसेको छ। बाढीले बस्ती जोखिममा पर्दा सामान्य तटबन्ध गर्न करिब एक करोड ५० लाख लाग्ने गलकोट नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार करिब एक करोड बराबरको कृषि उपज तथा पशुचौपाया, करिब ५० लाख बराबरको खानेपानी, ५० लाख बराबरको लघु जलविद्युत् गृह, २० लाख बराबरको सिचाँइकुलो तथा  ग्रामीण सडक अवरुद्ध हुँदा एक करोड बराबरको क्षति पुगेको हो।

विपद व्यवस्थापन कोष सञ्चालन

आइतबार असिनापानीले क्षति पुर्याएपछि सोमबार बसेको गलकोट नगरपालिका विपद व्यवस्थापन समितिको सर्वदलीय बैठकले बैठकले प्रभावितलाई राहत सहयोग गर्न विपत व्यवस्थापन कोष सञ्चालन गर्ने निर्णय गरेको छ। गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेनुका काउचाले एक\एक महिनाको भत्ता तथा सुविधा कोषमा जम्मा गरेका छन्।

खातामा गलकोट नगर्पा्लिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको सुविधाको न्यूनतम ३० प्रतिशत जम्मा गर्ने, गलकोट नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारीको बैठकबाट उक्त कोषमा राहत सहयोग गर्ने, र अन्य संघ सस्था, देश विदेशमा रहेका व्यक्तिबाट सहयोग संकलन गरी प्रभावितलाई सहयोग गर्ने निर्णय भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.