|
File Photo

काठमाडौं : आइसीसी यू–१९ विश्वकप एशिया छनोटको चौथो खेलमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। 

मलेसियाको सिंलगार टर्फ क्लवमा जारी खेलमा टस हारेर ब्याटिङ गरिहेको नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले ओमानविरुद्धको खेलमा पनि अर्धशतक बनाएका हुन्।

उनी अहिले ७३ रनमा खेलिरहेका छन्। यस अघि सिंगापुरविरुद्धको खेलमा पनि उनले उत्कृट व्याटिङ गरेका थिए। १०५ बल सामना गरेका पौडेलले ९५ रन बनाएर आउट भए।  

नेपालले राम्रो सुरुवात गर्न सकेन। १२ रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो। नेपालका पवन सराफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए। नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो।

त्यस्तै ७५ रनमा सन्दीप जोरालाई गुमाएको नेपालको ८१ रन हुँदा पाँचौ विकेट पतन भएको थियो। त्यसपटि क्रिजमा आएका भीम सार्की र कप्तान पौडेलले इनिङलाई समालिरहेका छन्। 

पहिलो खेलमा सिंगापुरालाई हराएको नेपालले दोस्रो खेलमा वर्षा बाधक भएपछि युएईसँग एक रनले पराजित हुन पुग्यो। त्यस्तै तेस्रो खेलमा आयोजक मलेसियालाई हराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.