|

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका स्वास्थ्य संस्थाको आइतवारदेखि अनुगमन थाल्ने भएको छ। 

मन्त्रालयमा सुचिकरणका लागि निवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थाको अनुगमन थालिने भएको हो। विशेषज्ञ सम्मिलित समितिले अनुगमन तथा निरिक्षण गर्ने मन्त्रालयले जनाएको छ। वैदेसिक रोगजारमा जाने श्रमिकहरुको स्वास्थ्य परिक्षण गर्न मन्त्रालयले २०७५ चैत १३ गते स्वास्थ्य संस्थाहरुलाई सुचिकरणको लागि आह्वान गरेकोमा १ सय २६ वटा संस्थाको निवेदन परेको हो।

मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमन÷निरीक्षणमा सहयोग गर्न निवेदक ती स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अघिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ।

अनुगमन टोलीले उपत्यका र उपत्यका बाहिरका स्वास्थ्य संस्थाहरुको १५ दिन भित्र अनुगमन तथा निरीक्षण सकेर सुचिकरणका लागि सरकारलाई सिफारिस गर्नेछ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.