|

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टी एकताको फलामे ढोका फोड्न सफल भएको प्रतिक्रिया दिएका छन्। जिल्ला अध्यक्ष र सचिवको नाम टुंग्याउने विषयलाई फलामे ढकोकासँग दाज्दै अध्यक्ष प्रचण्डले यस्तो संकेत गरेका हुन्। उनले जनतासँग गरेको बाचा पनि पूरा भएको बताए। 

'पार्टी एकतालाई अन्तिम रुपमा दिने फलामे ढोका फोडेका छौँ जिल्ला अध्यक्ष र सचिवको विषय थियो। त्यसो टुंगिएको छ।’ नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले भने, 'हामीले नेपाली जनतासँग गरेको बाचाअनुसार बिलकुल विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं।’

प्रचण्डले नेपालको शान्ति प्रक्रियाप्रति पनि शंका पैदा गर्ने कोसिस भएको बताए। पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित आफूहरू जिम्मेवार भएको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डले सजिलो नभए पनि पार्टी एकताको मिसन पूरा गरेको भन्दै प्रचण्डले यसबाट प्रतिक्रियावादीका लागि झट्का लागेको र आफूहरुका लागि नयाँ उत्साह भएको बताए। उनले पार्टीले माक्सवाद, लेनिनवाद विचारधारमा टेकेर समाजवादतिरको यात्रामा अघि बढ्ने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.