|

मकवानपुर : प्रदेश-३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शववाहन र दमकल खरिद गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ। प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आवश्यकताअनुसार प्रचलित कानुनबमोजिम खरिद गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो। स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न प्रदेश सरकारले ससर्त अनुदानको व्यवस्था गर्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए।

सरकारले ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स, ६ वटा दमकल र सातवटा शवबाहन माग भएकोले सोहीअनुसार खरिद गर्न सशर्त अख्तियारी प्रदान गरेको प्रवक्ता ढुंगेलले जानकारी दिए।

र पालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ। बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. यमुना कँडेल खनाललाई नियुक्त गरेको गरेको छ। नव नियुक्त सदस्य डा. कडेललाई मुख्यमन्त्री डोरमणि पौडेलले शपथग्रहणसमेत गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.