|

काठमाडौं : स्वास्थ्य सेवा ऐन र समायोजन ऐन २०५५ को मर्म र मापदण्डअनुसार नभएको स्वास्थ्यका विभिन्न ट्रेड युनियनले आरोप लगाएका छन्। उनीहरूले समायोजन सूचीमा आठ वटा त्रुटि औँल्याउँदै पुनः समायोजनको माग गरेका छन्।

स्वास्थ्यका आठ वटा ट्रेड युनियनले संयुक्त रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा स्वास्थ्य कर्मचारी समायोजन गर्दा भएका त्रुटि सच्चाउन माग गरिएको हो। ट्रेड युनियनहरूले समायोजन नसच्याए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्।

समायोजन ऐन र स्वास्थ्य सेवा ऐनविपरीत गरिएको समायोजनले स्वास्थ्यकर्मीहरूलाई अन्याय गरेको उनीहरूको आरोप छ। ट्रेड युनियनहरूले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा समायोजन सूचीले न्यायका लागि आफूहरू अदालत धाउन बाध्य जिकिर गरेका छन्।

युनियनहरूले स्वास्थ्य सेवाको छुट्टै सफ्टवयर निमार्ण गरि अन्तिम जेष्ठता र दरबन्दी तेरिजको सूची प्रकाशन गर्न माग गरेका छन्। रा.स्वा. कर्मी संघ, नेपाल स्वास्थ्य कर्मी संघ, म. स्वा. कर्मी फोरम, अ .ने. प्र. स्वा. कर्मी संगठन, ने. रा. स्वा. कर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्य प्राविधिक संघ र हान नेपालले संयुक्त रूपमा ज्ञापन बुझाएका हुन्। आवेदनका लागि प्रर्याप्त समय नदिएको पनि युनियनहरूले आरोप लगाएका छन्।

त्यसैगरी, अन्तिम जेष्ठता  सूचि प्रकाशन नगरि समायोजन गरिएकोमा पनि उनीहरूले प्रश्न उठाएका छन्। ट्रेड युनियनहरूले हालसम्म स्पष्ट दरबन्दी प्रकाशित नगर्नुलाई पनि समायोजनको त्रुटि भनि औँल्याएका छन्। समायोजन प्रक्रियामा आवेदन दिइ सकेपछि प्रदेश मातहतका अस्पताललाई संघमा राखिएको तर संघ रोज्न पाउने अधिकारबाट बञ्चित गरिएको साथै प्रदेश रोजेका कर्मचारीलाई संघ अन्तरगत नराखेर समायोजनमा त्रुटि गरेको ट्रेड युनियनहरूको ठहर छ। अवकास हुन लागेका, गम्भीर रोग लागेका बिरामी कर्मचारी, सेवाबाट अवकास भएका तथा राजीनामा दिएका र मृत्यु भइसकेका कर्मचारी पनि समायोजन गरेको भन्दै सरकारको आलोचना गरेका छन्।

यता, मंगलबार नै समायोजमा देखिएको त्रुटिबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई आफूहरूले संयुक्त ज्ञापनपत्र बुझाउने समेत ट्रेड युनियनका पदाधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.