आवश्यक कागजपत्रको प्रतिलिपि लियो

|

पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगन्जमा रहेको नारायणी अस्पतालमा छापामारी गरेको छ। नारायणी अस्पतालले सम्पादन गरेका केही काममा आर्थिक अनियमितता गरेको सूचनाका आधारमा अख्तियारको टोलीले छापामारी गरेको हो।

केही उजुरी र पत्रपत्रिकामा आएका समाचारका आधारमा अस्पतालले सम्पादन गरेका काममा अनियमितता भएको हो होइन? भनी अख्तियारको टोलीले बुझ्ने प्रयास गरेको अख्तियारको टोलीमा सहभागीहरूले बताएका छन्। नीतिगत कमजोरी वा आर्थिक अनियमितता के भएको हो? भन्ने विषयमा अस्पतालमा नै पुगी निगरानी राखिएको टोलीको नेतृत्व गरेका उपसचिव देवकुमार राईले बताए।

टोलीलाई शंका लागेका विषयका कागजपत्र प्रमाणित गरी अख्तियारको टोलीले लिएको उनको भनाइ छ। प्रमाणित डकुमेण्डको अध्ययन गरेपछि मात्र वास्तविकता कुरा बाहिर आउने उनको तर्क छ।

पुरानो मितिमा टिप्पणी आदेश उठाइ अनियमितता गरेको, औषधिमा बढी शुल्क लिएको, अस्पतालको मेशिन साटेको जस्ता विषयमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट (मेसु) र उनी निकटले गलत काम गरेको भनी अख्तियारमा उजुरी परेको हुन सक्ने अस्पतालका केही कर्मचारीले थाहाखबरसँग बताए। ठोस कुरा अख्तियारको छानबिनपछि मात्र बताउन सकिने उनीहरूको भनाइ छ।

बाहिर आएको हल्लाअनुसार सबैभन्दा बढी दोषी देखाइएका अस्पतालका नि.मेसु इनामुल हकले भने शंका लागेका डकुमेण्टको प्रमाणित प्रतिलिपि र अस्पतालका केही जिम्मेवार कर्मचारीसँग अख्तियारको टोलीले बयान लिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.