|

भक्तपुर : एकजना बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले बालिकामाथि बलातकार गरेको अभियोमा भक्तपुर नगरपालिका-१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका-७ का १९ वर्षीय विशाल तामाङ छन् ।

उनीहरुले भक्तपुर नगरपालिका-१ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई बलात्कार गरेको खुलेको छ।

दुवैले भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति बलात्कार गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.