|

सिन्धुपाल्चोक : यहाँको बलेफीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीयले बससहित चारवटा सवारीमा तोडफोड गरेका छन् । अरनिको राजमार्ग अन्तर्गतको बलेफी-बन्देउ सडकखण्ड अझै खुल्न सकेको छैन। 

बा ३ ख ९३४ नम्बरको बसले बा ७ त २ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बाह्रबीसे नगरपालिका-७ का विजय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

बुधबार दिउँसो सवारी दुर्घटना भएपछि स्थानीय विरोधमा उत्रिएर सवारी साधन चलाउन रोक लगाएको जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकको प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जनाए ।

स्थानीयबासी विरोधमा उत्रिएकाले सडक सुचारू हुने समय एकीन भन्न नसक्ने अवस्था रहेको उनको भनाई छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.